नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले प्रधानमन्त्री पद तथा गोपनियताको सपथ लिएका छन् ।
मङ्गलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले आज दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्रीसँगै ४ जना मन्त्रीहरुले पनि सपथ लिएका छन् ।
सपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जसपाका उपेन्द्र यादव लगायतका नेताहरु पुगेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली बााहेक अन्य पूर्वप्रधानमन्त्रीहरु सपथ ग्रहणमा पुगेका तस्विरहरु सार्वजनिक भएका छन् । पूर्वप्रधानमन्त्री भलनाथ खनाल भारतमा उपचार गराइरहेका कारण उपस्थित हुन सकेनन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ समारोह सकिएपछि प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा सबैभन्दा पहिले नेता नेपालले हात मिलाएर बधाई दिए ।