पूर्व सूचना तथा सञ्चारमन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले काँग्रेस सभापति शेरबहादुर देउवा मुलुकमा निर्दलीय लोकतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन्।
सर्वोच्च अदालतको आदेशपछि काँग्रेस सभापति शेरबहादुर देउवाले आजै प्रधानमन्त्रीको शपथ लिँदैछन्।
तर, बाँस्कोटाले यसलाई ‘निर्दलीय लोकतान्त्रिक व्यवस्थाका प्रधानमन्त्री’ भएको बताएका हुन।
आजको अवस्था आउनुमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल जिम्मेवार रहेको समेत उनले आरोप लगाएका छन्।
सामाजिक सञ्जाल ट्विटर मार्फतले उनले दुवै जनालाई बधाई समेत दिएका छन्।