भाग्यमा “राजयोग” त,
लेखाईकन आयाका रयाछौ धेऊ-बा !
चार चोटी पहिला कुर्सीमा बसी-बसी,
पाँचौं चोटी फेरी बस्न, आई गयौ देऊ-बा !
****************************************
तमि त घडी घडी,
आऊँन्या-जान्या मात्तई अद्दा रयाछौ धेऊ-बा !
जाबो एउटा कुर्सी ऐ त हो,
कहिल्यै त लामो बस्दाउनी हो देऊ-बा !
****************************************
बावन्न सालमा आइकन,
पाँच महीना बस्यौ कि क्या हो, धेऊ-बा !
किन ‘रुख’ बाट खसे झैं फ्यात्त खस्छौ,
कहिल्यै त लामो बस्दाउनी हो देऊ-बा !
****************************************
अन्ठावन्न सालमा अर्कसी आयौ तर,
अझ १५ महीना मात्तई बस्यौ, धेऊ-बा !
बस्न दिनाईनन् कि आफुई उठि जान्छौ,
कहिल्यै त लामो बस्दाउनी हो देऊ-बा !
****************************************
एकसट्टी सालमा तेस्रो पटक आयौ,
८ महीनामा फेरी बाई गयौ धेऊ-बा !
जान्या हतार किन हुन्छ तमिकन,
कहिल्यै त लामो बस्दाउनी हो देऊ-बा !
****************************************
चौहत्तर सालमा चौथो चोटी आयौ,
लेखान्त त बलियो रैछ तम्रो, धेऊ-बा !
तर आठै महीनामा फेरी दुगुरी हाल्यौ,
कहिल्यै त लामो बस्दाउनी हो देऊ-बा !
****************************************
पाँचौं पटक अठहत्तरमा आउन त आयौ,
तर समय नै ७-८ महीना बाँकी छ, धेऊ-बा !
अब भनौं त भनौं पनि कसरी,
“कहिल्यै त लामो बस्दाउनी हो देऊ-बा !”