सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा धनगढीमा एमाले निकट अनेरास्ववियु र युवासंघले राँके जुलुस प्रदर्शन गरेको छ ।
प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न अदालतले राष्ट्रपतिको नाममा परमादेश जारी गरेपछि धनगढीमा विरोध प्रदर्शन गरिएको हो ।
उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्लासमेत जलाएका छन्। मुख्यमन्त्री कार्यालय अघि नाराबाजी समेत गरिएको थियो ।
देशका विभिन्न स्थानमा सर्वोच्चको फैसलापछि स्वागत र विरोध भइरहेको छ । नेकपा एमाले निकट संगठनहरुले देशका विभिन्न स्थानमा सर्वोच्चको फैसलाको विरोधस्वरुप प्रदर्शन गरिरहेका छन् भने विपक्षी गठबन्धनका निकटहरूले सर्वोच्चको स्वागतमा दीप प्रज्वलन गरिरहेका छन् ।
आज काठमाडौँको माइतीघरमा नेपाल विद्यार्थी सङ्घले सर्वोच्चको फैसलाको स्वागतमा दीप प्रज्वलन गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओली समर्थित युवा संघले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको थियो ।
हेरौं तस्विरहरू