वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ४३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
आज काठमाडौंमा २८९, भक्तपुरमा र ललितपुरमा ९० जनामा सङ्क्रमण पाइएको हो ।
सक्रिय सङ्क्रमित ७ हजार ६९०
काठमाडौं उपत्यकामा सोमबार अपरान्हसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ६९० रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले काठमाडौंमा ५ हजार ४१८ भक्तपुरमा ९५३ र ललितपुरमा १ हजार ३१९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
अहिलेसम्म ललितपुरमा ५६० भक्तपुरमा ३७२ र काठमाडौंमा १ हजार ९१३ गरी २ हजार ८४५ जनामा निधन भएको छ ।