कैलालीको भजनी नगरपालिकामा तालाबन्दी गरिएको छ । उप–प्रमुख छाया देवकोटा सहित वडाध्यक्षहरूले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।
योजना तर्जुमा नै नगरी बजेट पारित गरेर नगर सभा आयोजना गरिएको भन्दै तालाबन्दी गरिएको उपप्रमुख देवकोटाले बताइन् ।
उप–प्रमुख देवकोटासहितका वडा नम्बर १ का अध्यक्ष रबिन थापा, ५ का अध्यक्ष केशव बहादुर बुढा र ३ का अध्यक्ष विक्रम चौधरीले सोमबार बिहान तालाबन्दी गरेका हुन् ।
उनीहरुले आइतबारको कार्यपालिका बैठक पनि बहिस्कार गरेका थिए । नगर प्रमुखले राखेको प्रस्तावमा बहुमतले जर्वजस्ती निर्णय गर्न खोजिएको भन्दै उनीहरुले माइन्युट समेत कब्जा गरका थिए।
थापा र बुढा एमालेका हुन भने चौधरी जसपाका हुन्।नगरप्रमुख शेरबहादुर चौधरीले बहुमतको आधारमा योजना तर्जुमा नै नगरी बजेट पारित गरेर नगर सभा आयोजना गरेको विरोध उप–प्रमुख छाया देवकोटा ३ वडाका वडाध्यक्ष र ९ जना वडासदस्यहरुले विरोध गरेका छन् । १० बजे नगर सभा आयोजना गरिएको भएपनि तालाबन्दी पनि नगर सभा प्रभावित भएको छ ।
माओवादीबाट उपप्रमुखमा निर्वाचित देवकोटा एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेर पदमुक्त बनाएको थियो । तर, १८ असारमा सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो ।
पुनर्बहाली पछि पनि नगरप्रमुखले अधिकार दिन आनाकानी गरेर सर्वोच्च अदालतको मानहानि गरेको उनले बताइन् ।