घरबाट अफिस जान्छु भनेर हिँडेका एक डाक्टर बुढानीलकण्ठको एक होटेलमा मृत फेला परेका छन् ।
मानसिक अस्पताल पाटनका कन्सल्टेन्ट साइक्यास्ट्रिक डा. सुदिप अर्याल मृत अवस्थामा फेला परेका हुन् । आइतबार दिउँसो बुढानीलकण्ठस्थित एक होटेलमा उनी मृत अवस्थामा भेटिएका हुन् ।
बबरमहलबाट अफिस जान्छु निस्केका उनी बुढानीलकण्ठस्थित होटेलमा मृत अवस्थामा फेला परेको सोही अस्पतालमा कार्यरत डा. बासु कार्कीले बताए ।.
दुई महिनाअघि मात्र विवाह गरेका उनको केही समय अघि बढुवा भएको थियो ।
डा. कार्कीका अनुसार त्रिवि शिक्षण अस्पतालबाट एमडी गरेका डा. अर्याल मानिसक अस्पतालमा कन्सल्टेन्ट साइक्यास्ट्रिकका रूपमा कार्यरत थिए ।
उनले सयौँ व्यक्तिलाई आत्महत्या गर्नबाट बचाउने गरी उपचार गरिसकेका छन्, तर दुर्भाग्य आफैलाई आत्महत्याबाट बचाउन सकेनन्। मानिसको मन जटिल हुन्छ। मृतक ड़ा. अर्यालले केही दिनअघि फेसबुकमा एक कविता लेखेका थिए । “डाक्टरको पिपिई नेताहरू लगाउँछन् यो कस्तो गणतन्त्र “उनले कवितामा लेखेका थिए ।