करिब दुई सातायता बार्सिलोनाबाट स्वतन्त्र भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी बेरोजगार बनेका छन् ।
व्यावसायिक करिअरमा पहिलो पटक बेरोजगार बनेका मेस्सी बार्सिलोनासँग सम्झौता थप्ने आशामा छन् ।
हालै फ्रान्सेली मिडिया एल इक्युपेले मेस्सीले बार्सिलोनाबाट कति कमाउँछन् भन्ने विषयमा चर्चा गरेको छ ।
उक्त मिडियाका अनुसार बार्सिलोनोबाट उनले प्रतिदिन एक लाख युरो कमाउने गरेका थिए ।
तर, दुई सातायता भने मेस्सीको बार्सिलोनाबाट आउने कमाइ ठप्प भएको छ । जस कारण मेस्सीले प्रत्येक दिन एक लाख युरोको घाटा बेहोर्दै आएको खबरमा जनाइएको छ ।
यस्तै, अर्जेन्टिना मिडिया एल मुन्डोले प्रतिसिजन बार्सिलोनाबाट १३८.९ मिलियन युरो घर लैजाने जनाएको छ ।
तर जुन ३० मा सम्झौता सकिएसँगै पाँच पटकका बालोन डी‘ओर विजेता मेस्सीले आइतबारसम्म ११ लाख युरो गुमाइसकेका छन् ।
अहिले बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई बार्सिलोनामै राख्न सकेसम्म गरिरहेका छन् ।
लामो समयदेखि बार्सिलोनामै सीमित रहेका मेस्सी पनि क्याप नोउमै बस्ने अपेक्षामा छन् ।