बङ्गलादेशको चर्चित मोबाइल फोन ब्रान्ड सिम्फोनी (Symphony) नेपाली बजारमा भित्रिएको छ ।
बङ्गलादेशमा नम्बर १ ब्रान्डको रूपमा रहेको सिम्फोनीका मोबाइल फोनहरू हालै सिम्फोटेक प्रा लीले नेपाली बजारमा उपलब्ध गराएको हो ।
सिम्फोनी ब्रान्डका 5 स्मार्टफोन मोडलहरू कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको छ ।
कम्पनीले सिम्फोनी Z-18, Z-28, Z-32, Z-30Pro र Z-40 स्मार्टफोन सार्वजनिक गरेको छ ।
कम्पनीले नेपाल मा भित्र्याएको सिम्फोनी ब्रान्डका फोनहरू अन्तर्राष्ट्रिय गुणस्तर र नवीनतम प्रविधि, आधुनिक र युवा मैत्री डिजाइनका साथै अहिलेको अवस्थामा अनलाइन कक्षा का लागि उपयुक्त विशेषताहरू सहितका रहेका छन् ।
यी फोनहरू बजेट मूल्यमा अनलाइन कक्षा को लागी उत्कृष्ट फिचर र आकर्षक डिजाइनसहित आएका छन् । जसमा फोटोग्राफीको लागि ड्यूल र ट्रिपल क्यामरा सेट अप रहेको छ ।कम्पनीका सेल्स म्यानेजर/मार्केटिङ म्यानेजर राजेश चालिसे तथा गोविन्द बस्यालले नेपाली बजारमा सिम्फोनी ब्रान्डका उत्कृष्ट मोबाइल फोनहरू ग्राहकहरूलाई सुपथ मूल्यमा उपलब्ध गराइने बताए ।
‘हामीले पहिलो पटक बङ्गलादेशको नम्बर १ ब्रान्डको मोबाइल फोन नेपाली बजारमा ल्याएका छौँ । यो ब्रान्डका फोनहरूमा प्रिमियम फिचर राखिएको छ भने अहिलेको युवा पुस्तालाई आकर्षित गर्ने किसिमको रहेको छ । हामीले यी फोनहरू अविश्वनिय मूल्यमा उपलब्ध गराउने छौँ,’ सेल्स म्यानेजर/मार्केटिङ म्यानेजर चालिसे तथा बस्यालले भने।
उनीहरूले सिम्फोनीका मोबाइलहरूमा बिक्रीपछिको सेवा अर्थात् आफ्टर सेल्स सर्भिसलाई समेत उच्च प्राथमिकतामा राखिएको र ग्राहकहरूलाई पूर्ण सेवा दिन तयार रहेको बताए । यसका साथ ग्राहक ले कम्पनी बाट मोबाइल सेट मा एक बर्से वारेन्टी अनि ब्याट्री र चार्जरमा मा पनि एक बर्से वारेन्टी पाइनेछ ।
आगामी दिनमा कम्पनीले सिम्फोनी ब्रान्डका फिचर फोनहरूका साथै थप मोडलहरू भित्र्याउने तयारी समेत गरेको जनाएको छ ।
यसअगाडि तस्बिर गलत पर्न गएकोमा त्यसलाई सच्चाइएको छ ।