महानगरीय प्रहरी वृत्त बौद्धले आज गोकर्णेश्वर नगरपालिका का केही क्षेत्र र बौद्ध आसपास बाट ११ हजार लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको छ।
असार २६ गते (आज) वृत्तका प्रमुख प्रनाउ ढुण्डिराज न्यौपानेको कमान्डमा गएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं ६ नागेश्वरी गल्लीमा गणेश जिम्वाले सञ्चालन गरेको जिम्बा गलैँचा कारखानामा रहेको टहरा र गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित कमल फर्निचर कारखानामा छापा मार्दा भेटिएको घरेलु मदिरा र मदिरा बनाउन प्रयोगमा आउने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको हो।
बरामद गरिएको २५० लिटर घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ जनप्रतिनिधि र स्थानीय बासिन्दा रोहबरमा सोही स्थानमा पोखी नष्ट गरेको हो ।
साथै प्रहरीले घरेलु मदिरा बनाउन प्रयोगमा आएको २०० लिटरको ड्रम ५५ थान, ग्यास चुल्हो ३ थान, भट्टी चुलो ३ थान, र ग्यास सिलिन्डर १ थान समेत बरामद गरेको छ ।