वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ३८० जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडौंमा २६१, भक्तपुरमा ४५ र ललितपुरमा ७४ जनामा सङ्क्रमण पाइएको हो ।
सक्रिय सङ्क्रमित ७ हजार ८०२
काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या शुक्रबार अपरान्हसम्म ७ हजार ८०२ रहेको छ ।
सक्रिय सङ्क्रमित भनेको कोरोना भाइरसको सङ्क्रमण भएर होम आइसोलेसन (एकान्तवास) मा रहेका वा उपचारको लागि अस्पतालमा रहेका बिरामीहरुको सङ्ख्या हो । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारसम्म काठमाडौंमा ५ हजार ३७७, भक्तपुरमा १ हजार ४० र ललितपुरमा १ हजार ३८५ सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तैगरी ललितपुरमा ५५७ भक्तपुरमा ३७१ र काठमाडौंमा १ हजार ९०७ गरी उपत्यकाका तीन जिल्लामा अहिलेसम्म २ हजार ८३५ जनाको निधन भैसकेको छ ।