आज नेपालभर धान दिवस मनाइँदैछ । नेपाली चलचित्रका कलाकारहरु पनि धान दिवसको अवसरमा विभिन्न स्थानमा पुगेर रोपाँइमा रमाइरहेका छन् ।
निर्देशक दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्काले भक्तपुरमा पुगेर रोपाँई गरेका छन् ।
निर्देशक दीपाश्री निरौलाले अनलाइनखबरसँग भनिन्–‘अहिलेको पुस्ता मध्ये धेरैलाई चामल सोझै बोरामा आउँछ भन्ने सोच छ । यसैले, अहिलेको पुस्तालाई चामलका लागि निकै दुःख गर्नुपर्छ भन्ने सन्देश दिन पनि हामी रोपाँई महोत्सवमा सहभागी भएका हौं ।’
उक्त्त रोपाइँमा स्वस्तिमा खड्का भने कालो चस्मा लगाएर पुगेकी थिइन् । त्यति मात्र हैन उनले चश्मा लगाएरै धान रोपेको चश्मा सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
उनको उक्त्त फोटो फ्यानहरुले भने मन पराएन्न । उनलाई अहिले माया गर्ने भन्दा गाली गर्नेहरुको संख्या बढिरहेको छ । बिभिन्न पेजहरुले ट्रोल बनाएर मजाक उडाइरहेका छन् ।