२०७७ साल जेष्ठशुक्लपक्ष असार १० गते विहिवार पूर्णीमा तिथि ज्येष्ठा नक्षत्र चन्द्रमा वृश्चिक तथा धनु राशिमा ।
मेष राशि– तपाईँको क्षमताको अरूले पनि फाइदा लिने समय छ । समयको सही सदुपयोग गर्न सके यथेष्ट लाभ लिन सकिनेछ । निर्माणको काम गर्नु हुनेहरुका लागि अझ राम्रो समय छ । नयाँ ज्ञान प्राप्त हुने विशेष शुभ कार्यमा सामेल हुनु पर्ला ।
वृष राशि– बौद्धिक तथा सिर्जनात्मक काममा जुटिनेछ । आर्थिक कारोवार गर्दा सावधान हनु होला । तपाईँको कुनै महत्त्वपूर्ण उपलब्धि हुने देखिन्छ । बिग्रन लागेका कामहरु पनि बन्ने छन् । भाग्योदयको लागि उपयुक्त समय आएको छ प्रयास भने जारी राख्नु होला ।
मिथुन राशि– काममा लाभ अवश्य मिल्ने छ । काम गराई मा भरपुर मन लगाउने कोसिस गर्नु होला । इज्जत वृद्धि गराउने काम सम्पन्न हुनेछ । इलेक्ट्रिक सामग्रीको काममा नसोचेको फाइदा होला । आज कुनै नयाँ ठाउँको यात्रामा रमाइनेछ । नयाँकामको जिम्मेवारी लिनु पूर्व राम्ररी बिचार पुर्याउनु होला ।
कर्कट राशि– भविष्यका लागि राम्रो कामहुने समय छ । साथीभाइले खर्च गर्नमा उक्साउन सक्छन् । तरल पदार्थको कामले यथेष्ट फाइदा गराउनेछ । सन्तान र परिवारबाट उचित सहयोग मिल्ला । समाजको नेतृत्व विहिनको सुअवसर आउन सक्छ । अरूले गरेका काममा तपाईंको सहभागिता महत्त्वपूर्ण होला।
सिंह राशि– दिन भरी नै व्यापार व्यवसायमा राम्रो आयहोला । बौद्धिक तथा सिर्जनात्मक कामप्रति रुचि बढ्नेछ । काममा सफलता मिल्ने छ । शुभ समाचार सुन्न पाइएला । विद्यार्थी वर्गका लागि अनि कर्मचारि वर्ग कालागि दिन धेरै नै अनुकूल छ ।
कन्या राशि– सरकारी पक्षको सहयोगमा कामहरु बन्ने छन् । गरेका कामको सही मूल्याङ्कन हुनेछ । खाद्यान्नको व्यापार व्यवसायबाट राम्रै लाभ मिल्ला । उपहार पुरस्कार आदि पनि प्राप्त हुनेछ । कलाकारिताको क्षेत्रमा गर्न सके पछि राम्रो प्रगतिहुने देखिन्छ ।
तुला राशि– यात्रामा सजगता अपनाउनु होला । प्रेम प्रसङ्गका कुरामा भने घर परिवारको राम्रो सहयोग मिल्नेछ । तरल पदार्थको काममा राम्रो हुनेछ । बौद्धिक ज्ञानको वृद्धि हुनेछ । आंशिक रुपमा हुने कमाईले थोरै भए पनि मन सन्तोष रहला । खेलकुद क्षेत्रमा समय राम्रो छ ।
बृश्चिक राशि– कुनै उपहार तथा शुभ समाचार सुन्नाले मन गदगद हुनेछ । भवन निर्माण तथा सञ्चार सँग सम्बन्धित कामको अनुकूल वातावरण मिल्नेछ । धेरथोर दान–पुन गर्न सके मानसिक सन्तुष्टि मिल्नेछ । कर्मचारी वर्ग कालागि आज अझ राम्रो रहनेछ ।
धनु राशि – खर्च गर्दा बडो होस पुर्याउनु होला । पारिवारिक तथा इष्टमित्रको सहयोग राम्रै सँग मिल्ने छ । आर्थिक कुराको अभाव हुन सक्छ । शिक्षा सङ्गीत र कला क्षेत्रमा राम्रै प्रगति हुने देखिन्छ । ऐतिहासिक ठाउँको यात्रा हुने सम्भावना रहेको छ । सञ्चार को क्षेत्रबाट आंशिक लाभ होला ।
मकर राशि– सामाजिक तथा सांस्कृतिक कार्यक्रममा रमाउन पाइएला । नशालु पदार्थबाट सावधान रहनु पर्ने समय छ । आम्दानी रामै सँग होला । खानपिनका बिभिन्न परिकार प्राप्त होलान् । आज जग्गाजमिनको कारोबारबाट पनि राम्रो उन्नति हुनेछ ।
कुम्भ राशि– मन लगाएर काममा सक्रिय रहनु होला । कसैको स्वास्थ्य उपचारमा समय र धनखर्च पनि गराउने समय छ । कलाकारहरू लागि आज रमाइलो रहनेछ । हतारमाकुनै पनि कुराको निर्णय नलिनु होला । दिनको अन्त्यमा कामप्रति जाँगर हराएर जान सक्छ ।
मीन राशि– समाजसेवामा लाग्ने समय छ । आफ्नो कामबाट दिक्क लागेर पेसा परिवर्तन गर्ने चाहना मनमा आउला । विपरीत लिङ्गी साथीहरूको सहयोग र हौसलाले अधूरा काममा सफलता प्राप्त हुने देखिन्छ । दिनको अन्त्यमा कतैबाट कुनै अशुभ समाचार पनि सुन्नु पर्ला ।