रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
रोल्पा नगरपालिका –९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको वडा अध्यक्ष निम बहादुर घर्तीमगरले जानकारी दिए ।
उहाँका अनुसार गएराति १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर , १८ बर्षीया बुहारी सुशीला बुढा मगर र १५ बर्षीया छोरी श्यामकला बुढामगरको पहिरोमा पुरिएर ज्यान गएको हो ।
६ जनाको परिवार रहेको बुढा मगर आफू, उनकी श्रीमती र छोरा भने बाँच्न सफल भएका छन् । उक्त घटनास्थलमा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश राज सुवेदी सहितको टोली भरखरै पुगेको छ ।