नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको प्राविधिक समस्या समाधान भएको छ ।
आज बिहानैदेखि काठमाडौं सहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने भएको थियो । तर, अहिले मर्मत गरेर समस्या समाधान भएसँगै सेवा सुरु भएको टेलिकमले जनाएको छ ।
बुधबार बिहानैबाट टेलिकमका प्रिपेड र पोस्टपेड ग्राहकहरूले आफ्नो फोनमा टावर नदेखाउने, टावर देखाए पनि फोन नलाग्ने समस्या झलेका थिए ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रणालीमा समस्या देखिएको र प्राविधिकहरू बनाउनमा खटिएको भन्दै ग्राहकहरूसँग माफी मागेका छन् ।