केही दिनदेखि घटेको काठमाडौं उपत्यकाको कोरोना भाइरसको सङ्क्रमण आज भने केही बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडौं उपत्यकामा ४७६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सोमबार काठमाडौं उपत्यकामा ३७९ जनामा सङ्क्रमण देखिएको थियो ।
आज काठमाडौंमा ३१० जना भक्तपुरमा ६७ जना र ललितपुरमा ९९ जनामा भाइरसको सङ्क्रमण देखिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।