आज देशभर ठूलो सङ्ख्यामा कोरवना भाइरसका सङ्क्रमितहरु भेटिएका छन् । काठमाडौं उपत्यकाका लगायत देशका विभिन्न स्थानहरुमा निषेधाज्ञा खुकुलो भएकै दिन ठूलो सङ्ख्यामा कोरोना भाइरसका सङ्क्रमित फेला परेका हुन् ।
आज भेटिएका सङ्ख्या धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परिक्षणहरुको एकमुष्ट रुपमा प्रप्त भएकोले प्रतिवेदनमा एकमुष्ट रुपमा समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज देशभर १६ हजार ९१३ जनाको परीक्षण गर्दा ४ हजार ५२२ जनामा सङ्क्रमण देखिएको छ भने आजै ४ हजार ९५४ जनामा सङ्क्रमणमुक्त भएका छन् । थप ४१ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ८१३ पुगेको छ ।