राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा ५० खेलाडीलाई बोलाइएको छ । साफल च्याम्पियनसिप तथा एएफसी एसियन कप छनोटको अन्तिम चरणको खेलका लागि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार नेपाली टिमले जुलाई १ (असार १७) गते बाट प्रशिक्षण सुरु गर्नेछ । एन्फा कम्प्लेक्समा हुने प्रशिक्षणमा सहभागी खेलाडीलाई दुई समूहमा विभाजन गरेर बिहान र बेलुका गरिने एन्फाले जनाएको छ ।
बन्द प्रशिक्षणमा परेका खेलाडीहरूः
अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार,दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा,गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का,नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल,रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखि, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ ।