पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा सङ्क्रमण पुस्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा सङ्क्रमण पुस्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जना तथा एन्टिजेन विधिबाट २७ हजार ३०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ हजार १३० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना सङ्क्रणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.९ प्रतिशत रहेको छ ।
हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५० हजार ३०४ जना होम आइसोलेसनमा, ३ हजार ६३६ जना संस्थागत आइसोलेसनमा, ८११ जना आईसीयू तथा २३७ जना भेन्टिलेटरमा रहेका छन् ।
यही अवधिमा थप ४६ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ७७२ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु दर १.५ प्रतिशत रहेको छ ।