पछिल्लो समय लगातार घट्दै आइरहेको सुन र चाँदीको भाउ साताको दोस्रो दिन अर्थात आज सोमबार भने समान्य रुपले बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा खरिद बिक्री भएको थियो।