अर्घाखाँची सेवा समाज कतार द्वारा क्यान्सर पीडित सुनारलाई आर्थिक सहयोग अर्घाखाँची सेवा समाज कतारले राम बहादुर सुनारलाई आर्थिक रकम हस्तान्तरण गरेको छ ।
अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका ३ साबिक धारा पानी ठुला खर्क निवासी सुनारको फोक्सोमा समस्या देखा परेपछि उनी काठमाडौँ स्थित सिभिल हस्पिटलमा लामो समय देखि उपचाररतमा थिए हाल उनी घर फर्केका छन् ।
समाजले राम बहादुर सुनार बचाउ अभियान सञ्चालन गरेको थियो। सुनारको घरको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेको हुँदा आफू सँग भएको रकम पनि उपचारको क्रममा सकिएको र बाँकी थप उपचारको लागि ठुलो रकम लाग्ने भएपछि पीडित परिवारले सामाजिक सञ्जाल मार्फत सहयोगको लागि सामाजिक अभियन्ता, सहयोगीहरू मनुवा प्रति सहयोगको अपिल गरेको थिए ।
मानवीय सेवा नै धर्म हो भावनाले अर्घाखाँची सेवा समाज कतारले अभियान सञ्चालन गरेको थियो। उक्त अभियानबाट कतारी रियाल ३०२० अर्थात नेपाली रकम ९५ हजार ४०१ रुपैँया सङ्कलन गरेको छ । सङ्कलित उक्त रकम स्थानीयको उपस्थितिमा पीडितलाई हस्तान्तरण गरिएको छ ।
यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण प्रति समाजका अध्यक्ष टेक राज थापाले सिङ्गो अर्घाखाँची सेवा समाज कतार परिवार हृदय देखि हार्दिक आभार प्रकट गरेको छ ।
साथै निजको स्वास्थ्यमा छिटो सुधार आओस् भनी समाजले पूर्ण शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको बताए ।