दक्षिण भारतीय फिल्मका चर्चीत अभिनेता हुन् रजनीकान्त । उपचारका लागि उनी अमेरिका प्रस्थान गरेका छन् । पछिल्लो समय उनी अन्नाथे फिल्ममा व्यस्त रहेका थिए ।
उक्त फिल्मको सुटिङ सकिएसँगै उनी उपचारका लागि पत्नीसहित अमेरिका गएका हुन् ।
अमेरिकामा केही हप्ता उनको उपचार हुने मिडिया रिपोर्टमा उल्लेख छ ।
मिडिया रिपोर्टका अनुसार उनी जनरल चेकअपका लागि अमेरिका गएका हुन् । डाक्टरको सुझावमा नै उनी अमेरिका गएका हुन् ।
उनको विभिन्न टेस्ट हुने बताइएको छ ।