नेपालमा वितेको २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरणअनुसार ७ हजार ५६९ जनाको पिसिआर र ५ हजार ४६८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमश १ हजार ९६३ र ८०५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
आज थप ४ हजार २० जना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ । यो कूल सङ्क्रमितको ८८ दशमलव ९५ प्रतिशत हो ।
आज ४४ जनाले ज्यान गुमाएका छन् । यो सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवको सङ्ख्या समेत जोडिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ८ हजार ६४१ जनाको ज्यान गएको छ ।