बनेपा ११ सिनागाल स्थित बाँनियाटोलमा डेरा गरी बस्ने पाँचखाल नगरपालिका वडा नम्वर ६ घर भएका एक महिला र उनकै ६ बर्षिया छोरा मृत अवस्थामा फेला परेका छन् ।
असार ३ गते राति ११.५५ बजेको समयमा प्रहरीले उनिहरुलाई मृत अवस्थामा फेला पारेको थियो भने महिलाका श्रीमानलाई अचेत अवस्थामा फेला पारेको थियो ।
‘डेरामा औषधी र विषादी फेला परेको छ, मृतकहरुको शरिरमा कुनै चोटपटक छैन’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईरालाले भने–‘शरिरमा कुनै चोटपटक देखिएको छैन, तीनै जनाको शरिरमा विषादी देखिन्छ ।
श्रीमानलाई उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा भर्ना गरिएको छ ।’ पाँचखाल नगरपालिका ६ घर भई बनेपाको नाला दोवाटोमा पसल गरी बस्दै आएका ३३ बर्षिय माधवप्रसाद घिमिरे, उनको श्रीमती ३० बर्षिय मनिषा कार्की घिमिरे र ६ बर्षिय छोरा युवान घिमिरेका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।