नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १२ सय ले कमि आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज शुक्रबारको लागि छापावाल सुनको मूल्य तोलाको ९० हजार ८ सय तेजावी सुनको मूल्य तोलाको ९० हजार ३ सय निर्धारण गरिएको छ । भोली शनिबार भएको हुनाले नयाँ मूल्य कायम नहुँदा शनिबार पनि यही मूल्यमा कारोबार हुनेछ ।
असार १ गते ९३ हजार २ सय कायम भएको सुनको भाउ क्रमश घट्दै गइरहेको छ । २ गते ९३ हजार १ सय र ३ गतेको लागि ९२ हजार कायम भएको थियो ।
सुनको मूल्य घट्दा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैँया निर्धारण भएको छ । बिहीबार (हिजो) यो मूल्य तोलाको १३ सय ४० कायम भएको थियो ।