वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ५७० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४१३ भक्तपुरमा ३६ र ललितपुरमा १२१ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
उपत्यकाको सक्रिय सङ्क्रमण साढे १२ हजार
काठमाडौं उपत्यकामा अहिले १२ हजार ५१४ सक्रिय सङ्क्रमित रहेका छन् । बिहीबार अपरान्हसम्मको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा साढे १२ हजार भन्दा केही बढी व्यक्तिहरु कोरोना सङ्क्रमण भएर अस्पतालमा वा होम आइसोलेशनमा रहेका छन् । तीमध्ये कति जना होम आइसोलेशनमा र कति जना अस्पतालमा छन् भन्ने तथ्याङ्क भने उपलव्ध छैन ।
मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काठमाडौंमा ७ हजार १३५, भक्तपुरमा २ हजार ३०८ र ललितपुरमा ३ हजार ७१ जनामा व्यक्तिहरु सक्रिय अवस्थामा छन् ।