अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ ।
मंगलबार दिउँसोदेखि बढेको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको ३ तले भवनमा २ तलासम्म पूरा डुबाएको छ ।
रेडियोको सम्पूर्ण सामग्री क्षतिग्रस्त भएको र करिब ५० लाख हाराहारी क्षति भएको स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिनुभयो ।
रेडियोको सम्पूर्ण डकुमेन्ट, उपकरण, ल्यापटप लगायतका सामग्री बाढीले बगाएको छ । दोस्रो तलासम्म लेदोले पुरिएको र तेस्रो तलाको अलिकति भाग मात्र देखिएको सुवेदीले जानकारी दिनुभयो ।