सञ्चारकर्मी सौरभ यादवमाथि भएको दुर्व्यवहारको घटना प्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आपत्ति जनाएको छ ।
महासंघका सचिव रामनारायण विश्वास (आरएन विश्वास)ले आज विज्ञप्ति जारी गर्दै जनतालाई सुसुचित गर्ने जिम्मेवारीमा रहेका पत्रकारलाई कुनै पनि पनि बहानामा समाचार संकलनमा रोक लगाउनु आपत्तिजनक रहेको उल्लेख गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय परिसरभित्रै रहेको खोप केन्द्रमा सहायक प्रमुख जिल्ला अधिकारीका छोराबाट समाचार संकलनमा रोक लगाउनु आफैंमा अशोभनिय रहेको विज्ञप्तिमा ठहर गरिएको छ ।
संविधान प्रद्त अधिकारलाई कुण्ठित बनाउने काम गर्ने अधिकार कसैलाई नभएकाले त्यस्तो काम गर्ने ब्यक्तिलाई सचेत गराउँदै आगामी दिनमा यस्तो घटना नदोहर्याउन सम्बन्धित निकायसँग महासंघले आग्रह समेत गरेको छ ।