सिन्धुपाल्चोकस्थित मेलम्ची र इन्द्रावती नदीमा आएको बाढी बजार क्षेत्रमा पसेपछि स्थानीयहरु ज्यान जोगाउन जङ्गलर्फ लागेका छन् ।
केटिएम दैनिकको सम्पर्कमा आएका त्यहाँ एक स्थानीय व्यक्तिले खोला बजार क्षेत्रमा प्रवेश गरेपछि मानिसहरु ज्यान जोगाउन डाँडाकाँडा र जङ्गलतर्फ लागेका छन् । उनले भने, ‘बाढीका कारण ज्यान जोगाउनै हम्मेहम्मे परेको छ । जनजीवन अस्तव्यस्त छ, के कति क्षति भयो भन्न सकिने अवस्था छैन । राति भएकाले उद्धार तथा अन्य सहयोगको पनि कुनै सम्भावना देखिँदैन ।’
मंगलबार राती आएको बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । बाढीले मानविय क्षतिसमेत पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार ७ जना मानिसहरु हराएको स्थानीयबासीले बताएका छन् ।
खोला छेउमा रहेका टहराहरु बाढीले बगाएको छ भने आज रातभरीमा बाढीपहिरोले ठूलो धनजनको क्षति गर्ने आँकलन गरिएको छ । यस्तै मेलम्चीस्थित चनौटेमा रहेको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।
साथै हेलम्बुमा माछा फर्मसगै बाढीले केही मानिस बगाएकाे हुँन सक्ने र उनीहरु सम्पर्कमा नआएकोे सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।
अहिले त्यस क्षेत्रमा भएको मानवीय र अन्य भौतिक क्षति बारे बुझने काम भइरहेको तर एकिन तथ्याङ्क संकलन नभएको उनले बताए । ‘उक्त फर्ममा काम गर्ने कामदारलाई बगाएको भन्ने छ तर कति जना बगायो भन्ने बारेमा विवरण संकलनको काम भइरहेको छ । केटिएम दैनिकसँग सिडिओ पोखरेलले भने ।
यसै गरि बाढीले हेलम्बुमा पुल केही होटलहरु पनि बगाएको उनले बताए । यस बारेमा अझै के–के क्षति भएको छ भन्ने बारेमा स्थलगत डाटा सङ्कलन भइरहेकोले भोलिसम्म क्षतिको विवरण आउने पोखरेल बताउँछन् ।