लुम्बिनी प्रदेश सरकारले सवारीधनीले बुझाउनु पर्ने सवारी करमा ३६ प्रतिशत छुट दिने भएको छ । प्रदेशको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री बैजनाथ चौधरीले सो बताएका हुन् ।
चालु आवको असार मसान्तसम्म बुझाउनु पर्ने कर सवारीधनीले आगामी आवको पहिलो तीन महिनासम्म बुझाउँदा जरिवाना नलाग्ने भएको छ ।
यसअघि असार मसान्तसम्म कर नबुझाउँदा ४० प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको थियो ।