कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।
जिल्लाको बेलौरी नगरपालिका–६ बिद्यानगरबाट सुपप्र.०२–००३ प ६७२४ नम्बरको मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–१० झलारीका २४ वर्षीय महेश चौधरी र लालझाडी गाउँपालिका–२ का २५ वर्षीय रणबहादुर चौधरीलाई पक्राउ गरिएको हो।उनीहरुको साथबाट १२ दशमलव ३५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको उनले बताए।
खुला सिमानाका कारण लागुऔषध कारोबार विशेष गरी कैलाली कञ्चनपुरमा बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । चैत महिनामा लागु औषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले ४९ जनालाई पक्राउ गरी २९ मुद्दा दायर गरेकोमा निषेधाज्ञाको अवधिमा यस प्रकारको कारोबारमा संलग्न रहेको भन्दै ८० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ ।
सुदूरपश्चिममा कोरोनासँगै फैलियो लागुऔषध व्यापार, निषेधाज्ञामा मात्रै ६८ जना पक्राउ
दोस्रो लहरको कोरोना भाइरसले विकराल रूप लिएपछि वैशाख १६ गतेदेखि स्थानीय...
बुधवार, जेठ २६ २०७८निषेधाज्ञाको समयमा अन्य व्यवसायहरू बन्द हुँदा काम नपाएपछि युवाहरू लागुऔषध लगायत अन्य तस्करीमा संलग्नता बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले केटिएम दैनिकलाई बताए ।