कोरोना भायरस संक्रमणबाट वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कनकबहादुर रावतको मृत्यु भएको छ । नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले आज बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए ।
उनको सिभियर कोभिड निमोनियाका कारण मृत्यु भएको महासचिव रिजालले जानकारी दिए । डा. रावतलाई जेठ दोस्रो साता अस्पतालमा भर्ना गरिएको थियो ।
उनी शिक्षण अस्पतालका अब्बल फिजिसियन मानिन्छन् । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्वडीन प्राडा जगदीशचन्द्र अग्रवालले उनी कुशल र इमान्दार चिकित्सक भएको बताए । उनले भने, ‘हामीले मेडिसिन विभागमा सँगै काम गरेका थियौं । उहाँ हामीभन्दा पनि सिनियर फिजिसियन हुनुहुथ्यो । आफ्नो समयको नाम लिइने इमान्दार र डेडिकेटेट फिजियसनमा हुनुहुन्थ्यो ।’