आज हाँस्य कलाकार जितु नेपालको जन्मदिन । उनी २०३२ साल असार १ गते जन्मिएका जितुले थुप्रै हाँस्य कार्यक्रम गरेका छन् ।
उनलाई मुन्द्रे भनेर पनि चिनिन्छ। उनले हाँस्य टेलिफिल्म मार्फत दर्शकहरूलाई मनोरन्जन प्रदान गर्ने कलाकार हुन् ।
उनले पछिल्लो समय सञ्चालन गर्दै आइरहेको स्टाण्डप कमेडी मुन्द्रेको कमेडी क्लब चर्चीत छ । ।
जितु नेपालले ट्वाक्क टुक्क नामक हाँस्य टेलिफिल्म बाट चलचित्र जिवनको सुरुवात गरेका हुन्। त्यसपछि जितु नेपालले करिब तिन दर्जन चलचित्रमा अभिनय पनि गरिसकेका छन् तर उनलाई चलचित्रप्रति त्यति मोह छैन।
उनलाई हाल दर्शकसामु मुन्द्रे भनेर चिनाउने टेलिफिल्म भने जिरे खुर्सानी हो। जितु नेपाल र शिवहरि पौडेलले जिरे खुर्सानी टेलिफिल्म सन् २००३ देखि नेपाल टेलिभिजनबाट सन्चालनमा ल्याएका हुन्।
यस टेलिचलचित्रमा जितु नेपाललाई छोराको भुमिकामा देख्न पाइन्छ।
चलचित्र क्षेत्रका व्यक्त्तिहरुले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।