प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले तत्काल आकस्मिक विपत् व्यवस्थापनका लागि बजेट उपलब्ध गराउन सङ्घीय सरकारसँग माग आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै यस वर्ष सो बजेट नछुट्याउँदा खाँडो नदी व्यवस्थापन आयोजनामा आकस्मिक रूपमा गर्नै पर्ने नियन्त्रणका प्रयासहरूमा प्रतिकूल असर पर्ने उल्लेख गरेका हुन् ।
‘बर्खा र बाढीका कारण सप्तरीको खाँडो नदीले मध्य र तल्लो तटीय क्षेत्रमा वर्षेनि कटान र डुबानको समस्या उत्पन्न गराउँदै आएको र यस्तो जल उत्पन्न जोखिम न्यूनीकरणका लागि सङ्घ सरकारले आपत्कालीन बजेट छुट्टाउँदै आएको छ’ उनले लेखेका छन्–‘तर, खाँडो नदी नियन्त्रणका लागि सञ्चालित खाँडो नदी व्यवस्थापन आयोजनामा त्यस शीर्षकमा यस पटक बजेट नछुट्टाएको यसबाट आकस्मिक रूपमा गर्नै पर्ने नियन्त्रणका प्रयासहरूमा प्रतिकूल असरप्रति मेरो गम्भीर ध्यानाकृष्ट भएको छ ।’