आज असार १ अर्थात असार महिनाको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य हिजो कायम भएको मूल्यमा केही परिवर्तन नभएर स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९३ हजार २ सय निर्धारण गरिएको छ भने तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७ सय निर्धारण गरिएको छ । हिजो सोमबार अर्थात जेठ मसान्तको दिन पनि सुनको मूल्य यही नै थियो ।
चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा सामान्य रुपमा घटेको छ । महासंघका अनुसार आझ चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५५ रुपैयाँमा झरेको हो । सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।