नेपाल प्रहरीको महानगरिय अपराध महाशाखाले एक नक्कली डिएसपीलाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले एसके भन्ने छद्म नाम भएका कृष्ण प्रसाद ढुङ्गानालाई सोमबार पक्राउ गरेको हो।
महाशाखामा उनी बिरुद्ध सामाजिक सञ्जाल मार्फत हुँदै नभएको ओहदा राखेर भ्रम सृजना गरेको उजुरीपछि सोमबार पक्राउ गरिएको हो।
महाशाखाको टोलीले कृष्णप्रसादले तारकेश्वरमा संचालन गरेको भिक्टोरिया फार्मेसीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले नेपाल प्रहरीको कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दै आएका थिए ।
यस्तै नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षकको यूनिफम लगाएको फोटो आफ्नो फेसबुक प्रोफाइलमा राख्ने गरेको भेटिएको छ।
महाशाखाले उनका साथबाट नेपाल प्रहरीको बिभिन्न पदहरूको पोशाक लगाएका लगाएका ३ थान तस्बिर, प्रहरी नायब उपरीक्षकको पोशाक र नेपाल प्रहरीको जर्सि बरामद गरेको छ।