बलिउड नायिका उर्वशी रौतेला आफ्नो हट अवतारका कारण चर्चामा रहन्छिन् । उनले इन्स्टाग्राममा पोष्ट गरेका फोटाहरु भाइरल हुने गरेका छन् ।
केही समय अगाडि बलिउडकी निकै सुन्दरी तथा चर्चित अभिनेत्री उर्वशी रौतेलाले १५ मिनेट पर्फमेन्सका लागि ४ करोड बढी रकम लिएर चर्चामा आएकी थिइन् ।
उनी चर्चामा आउन चाहिरहने हुनाले इन्स्टाग्राममा बिभिन्न पोष्टहरु गरिरहेको हुन्छिन् जुन भाइरल समेत हुने गरेका छन् ।
हालै यी अभिनेत्रीले एक पोष्ट शेयर गरेकी छिन् । जहाँ उनले आफ्नो शरिरभर माटो दलेको छिन् । उनले यो प्राकृतिक थेरापी रहेको र देविदेवताले पनि प्रयोग गर्ने बताएकी छिन् ।
तर फ्यानलाई यो कुरा मन परेन र उनको मजाक उडाइरहेका छन् ।