सुशान्त सिंह राजपुतको निधनको आज एक वर्ष पुगेको छ । सुशान्त सिंह राजपुतले सारा फ्यानलाई चकित बनाउँदै जुन १४ मा आफ्नो प्राण त्यागेका थिए ।
उनको निधनमा परिवार तथा फ्यानहरु अझै पनि चकित छन् । सुशान्त कलाकार अंकिता लोखंडेसँग लामो समयदेखि प्रेम सम्बन्धमा थिए। उनले नेशनल टेलिभिजनमा सबैका सामुन्ने अंकितालाई प्रपोज गरेका थिए।
यी दुवै कुनै समय टेलिश्रृखंला ‘पवित्र रिश्ता’मा मानव र अर्चनाको भूमिका निभाउने कलाकार थिए। यहीँबाट प्रेम सुरु भएको थियो।
६ वर्षसम्म दुबैबीच सम्बन्ध राम्रै चल्यो। अनि ब्रेकअप भयो। ३४ वर्षका सुशान्तले सन् २०१४ मा ‘काइ पो चे’ चलचित्रबाट बलिउडमा डेब्यू गरेका हुन्।
सुशान्त त्यसपछि अंकितासँग टाढा भएका थिए। चलचित्रमा काम गर्न थालेपछि सुशान्तले अंकितालाई समय दिन छोडेका थिए। एक पछि अर्को चलचित्रमा काम गर्दै गएपछि सुशाान्तले अंकितासँग ब्रेकअप गरेका थिए।
ब्रेकअपपछि अंकिताको हालत निकै खराब भएको थियो। यस हालतबाट बाहिर निस्कन उनलाई लामो समय लागेको थियो।
आज सुशान्तलाई सम्झेर अंकिताले धेरै भिडियोहरु शेयर गरिरहेको छिन् । जस्ले गर्दा उनका फ्यानहरु दुखी भएका छन् । उनीहरुले अंकितालाई आफुलाई सम्हाल्न आग्रह पनि गरेका छन् ।