लामो रस्साकस्सीपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको छ । विपक्षी गठबन्धनका तर्फबाट शनिवार नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बनेका छन् । संसदीय राजनीतिमा एउटा सरकार विस्थापित गरेर नयाँ सरकार बन्नु अनौठो भएन । प्रदेश सभामा बहुमत पुर्याएर सरकार गठन गर्ने कार्य अस्वाभाविक हुने कुनै भएन । सतहमा देखिएको राजनीतिक दृश्य यही हो ।
तर, सतहमा देखिएभन्दा अस्वाभाविक गतिविधि आन्तरिक रूपमा भए । पुरानो सरकार कायम राख्नेदेखि नयाँ बनाउन जुन गतिविधि र हरकत भए ती संसदीय व्यवस्थामाथिकै खिल्ली उठाउने खालका छन् । बहुदलीय व्यवस्थामा खुला प्रतिस्पर्धा, विचार र सिद्धान्तका आधारमा गठबन्धन र सरकार बनाउने र गिराउने अभ्यास पनि स्वाभाविक हो । काँग्रेस, माओवादी, जनमोर्चा र जसपा सम्मिलित गठबन्धन सतहमा देखियो ।
के मनाङे गण्डकीमा मात्रै छन् ? के त्यहाँ मात्रै उनी निर्णायक भएका हुन् ? अवश्य होइन । मनाङेहरू विकृत राजनीतिका प्रवृत्ति भइसकेका छन् । मनाङेहरू सुदूरपश्चिममा पनि छन् कर्णालीमा पनि प्रतिनिधित्व गर्छन् । लुम्बिनी, बागमती, प्रदेश २ र एकमा उनीहरूको उपस्थिति छ । सङ्घीय सदनमा(हाल विघटित) त झन् धेरै मनाङेहरू छन् । मनाङे अब व्यक्ति रहेनन् प्रवृत्ति भइसक्यो । यो लोकतन्त्र र संसदीय व्यवस्थामा सत्ता टिकाउन/नयाँ बनाउन यिनै मनाङेहरू निर्णायक हुन्छन् । किङमेकर हुन्छन् । राजनीतिक खेलाडी हुन्छन् । सत्तामा जान टेको बन्ने र सरकार ढाल्न निर्णायक हुनेहरू पनि यिनै हुन् ।
तर, भित्रभित्र धेरै खेल र चलखेल भए । शनिवार अन्तिम समयमा मुख्यमन्त्रीमा पृथ्वी शुब्बा गुरुङले पनि दाबी गरेको विवरण बाहिर ल्याइयो । मुख्यमन्त्रीबाटै दिइएको सूचना अन्ततः गलत साबित त भयो नै । तर, त्यसले केही प्रश्न उठाएको छ । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्रीमा पोखरेलको एकल दाबी परेको उल्लेख छ । यसले गुरुङले दाबी नगरेको पुष्टि हुन्छ । तर, मुख्यमन्त्रीले आइतबारको पत्रकार सम्मेलनमा पनि आफूले दाबी प्रस्तुत गरेको बताएका छन् । दुई दिनअघि विश्वासको मत लिन असफल गुरुङलाई कसले समर्थन गर्यो ?
जबकि विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर दाबी गरेका थिए । तर, केही बेर गुरुङले पनि दाबी गरेको समाचार र विषयले निकै चर्चा पायो । जुन नितान्त फेक थियो । दाबी पनि फेक र समाचार पनि । उक्त कुराले प्रदेश सभा पनि विघटनको बाटोमा जाने चिन्ता बढेको थियो । लगत्तै मन्त्रिपरिषद् बैठक आह्वान भएकोसमेत विवरण आएका थिए । जेहोस् कुनै अस्वाभाविक विघटन गण्डकीले भोग्न परेन । नयाँ सरकार बन्यो । अब ३० दिनमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनुपर्नेछ । जुन सजिलो पक्कै हुनेछैन ।
निर्णायक मनाङे र मनाङेहरू
विपक्षी गठबन्धले गुरुङ सरकार ढाल्ने प्रयास पहिले देखिनै गरेको थियो । उनीहरूले प्रदेश सभामा अविश्वास प्रस्तावसमेत लगेका थिए । तर, तत्कालीन मुख्यमन्त्रीले हठात् संसद् अधिवेशन अन्त्य गरेर चोर बाटोबाट मुख्यमन्त्री बने । जुन ३० दिन बढी टिक्न सकेन । विश्वासको मत लिन असफल भए । नयाँ सरकार बन्न स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे निर्णायक बने । राजनीतिक खेलाडीको रूपमा मनाङेको भूमिका नै निर्णायक बन्यो । यसअघि उनले नै मन्त्री बनेर गुरु सरकारलाई टेको हालेका थिए । उनी मन्त्रीको लोभमा यसअघि ओलीका सहयात्री मुख्यमन्त्री गुरुङको पक्षमा थिए । उनी अर्थात् मनाङे गण्डकी सरकारका गेम चेन्जर भएर देखिए ।
मनाङे अन्तिम समयमा विपक्षी गठबन्धनसँग उभिए । उनको निर्णायक मतले मुख्यमन्त्री बने कृष्णचन्द्र । उनी मन्त्रीसमेत बनेका छन् । उनको पृष्ठभूमिबारे धेरै चर्चा गरिरहन आवश्यक छ जस्तो लाग्दैन । उनले गरेको गुण्डागर्दीबारे धेरै जना जानकार नै हुनुहुन्छ । यहाँ चर्चा गर्न खोजिएको उनी कसरी निर्णायक बने ? यसले के सन्देश दिन्छ भन्ने विषय हो । ठुला र लामो इतिहास बोकेका पार्टीका सरकार बनाउन र ढलाउन एउटा व्यक्ति त्यो पनि विवादित पृष्ठभूमि भएको व्यक्ति निर्णायक बन्यो । लामो सङ्घर्ष र इतिहास बोकेका पार्टीका लागि यो कत्तिको जायज लाग्छ होला ? जायज नाजायज जे लागे पनि उनको साथविना न सरकार ढल्थ्यो न नयाँ बन्थ्यो ।
के मनाङे गण्डकीमा मात्रै छन् ? के त्यहाँ मात्रै उनी निर्णायक भएका हुन् ? अवश्य होइन । मनाङेहरू विकृत राजनीतिका प्रवृत्ति भइसकेका छन् । मनाङेहरू सुदूरपश्चिममा पनि छन् कर्णालीमा पनि प्रतिनिधित्व गर्छन् । लुम्बिनी, बागमती, प्रदेश २ र एकमा उनीहरूको उपस्थिति छ । सङ्घीय सदनमा(हाल विघटित) त झन् धेरै मनाङेहरू छन् । मनाङे अब व्यक्ति रहेनन् प्रवृत्ति भइसक्यो । यो लोकतन्त्र र संसदीय व्यवस्थामा सत्ता टिकाउन/नयाँ बनाउन यिनै मनाङेहरू निर्णायक हुन्छन् । किङमेकर हुन्छन् । राजनीतिक खेलाडी हुन्छन् । सत्तामा जान टेको बन्ने र सरकार ढाल्न निर्णायक हुनेहरू पनि यिनै हुन् । मनाङेहरू मौलिक लोकतन्त्रमा सच्चा सत्तापक्ष हुन् । स्थायी सत्तापक्ष हुन् । फरक यति हो कहिले कता हुन्छन् कहिले कता !