नेपालमै जस्तै विश्वको आकर्षणको केन्द्र बनेको बलिउड फिल्म नगरीमा पनि हिरोको तुलनामा हिरोइनलाई कम पारिश्रमिक दिने गरिन्छ । तरपनि बलिउडमा केही हिरोइन आफ्नो मिहिनेतले निकै सम्पती कमाउन सफल भएका छन् । तिनै धनाढ्य नायिकाबारे जान्नुहोस् ।
दीपिका पादुकोण
दीपिका बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री हुन् । छोटै समयमा बलिउडमा पहिचान बनाउन सफल उनी अहिलेकी हिट हिरोइन पनि हुन् । उनीसँग अहिले १० मिलियन डलर भन्दा बढी सम्पत्ति छ
ऐश्वर्या राय बच्चन
बच्चन खानदानकी बुहारी केही समय फिल्म अभिनयबाट पनि टाढा रहेकी थिइन् । उनी बलिउडकी सबैभन्दा धनी हिरोइन पनि हुन्।
सोनाक्षी सिन्हा
सोनाक्षीले निकै कम समयमा बलिउडमा सफलता हात पारिन । आफ्नो मिहिनेत र निरन्तरताले उनले बलिउडमा राम्रो स्थान बनाएकी छन् । उनी आफैंले मेहनत गरेर कमाएर करोडपति भएकी छन् ।
प्रियंका चोपडा
अहिले हलिउड प्रोजेट र बलिउडको पनि ठुलो प्रोजेटमा काम गरिरहेकी छन् प्रियंका । उनी अहिले बलिउडकी महँगी अभिनेत्री पनि हुन् ।
बिपासा बासु
बिपासापनि बलिउडकी सफल अभिनेत्री हुन् । छोटो समयमा बलिउडमा ठुलै फड्को मात्र सफल उनीसँग १५ मिलियन डलर बढी सम्पत्ति रहेको छ ।
अमीषा पटेल
चलचित्र अभिनयबाट टाढा रहँदै आएकी अमिषालाई पैसाको कुनै कमी छैन । एक समय बिक्रम भट्टसँगको सम्बन्धका कारण चर्चामा रहेकी अमिषा अहिलेसम्म अविवाहित हुन् । उनसँग ३० मिलियन डलर सम्पत्ति छ ।
बिद्या बालन
फिल्म फेयर अवार्ड जितेकी बिद्याले हम पाँच चलचित्रबाट अभिनय करियर सुरु गरेकी थिइन् । उनीसँग अहिले १५ मिलियन डलर सम्पती छ ।
सोनम कपुर
सोनमले पनि बलिउडमा थुप्रै सुपरहिट चलचित्र दिएकी छन् । उनीसँग १५ मिलियन डलर सम्पत्ति रहेको छ ।