आज बलिउड अभिनेत्री दिशा पटानीको जन्मदिन परेको छ । आजबाट उनी २९ वर्षमा प्रवेश गरेकी छिन् ।
उनको जन्मदिनमा सामाजिक सञ्जालमा धेरै नै शुभकामना आइरहेको छ । उनका प्रेमी टाइगर श्राफकी आमा आयशा श्राफले समेत उनलाई जन्मदिनको शुभकामना दिएकी छिन्।
सन् २०११ म लखनउमा एमिटी यूनिभर्सिटीमा बायोटेकको पढाई सुरु गरेपछि उनले मोडलिङ यात्रालाई पनि अगाडि बढाएकी थिइन् ।
कलेजको बिदाई पार्टीमा दिशालाई ‘मिस कलेज’ चयन गरिएको थियो । यसपछि उनले ‘मिस लखनउ’मा भाग लिइन् । यो प्रतिस्पर्धा जितेपछि दिशाको रंगिन दुनियाँको यात्रा सुरु भएको हो ।
मोडलिङको यात्रा अगाडि बढाउँदै गर्दा दिशालाई नायिका बन्ने सोच आएको थियो । दिशाले तेलुगु चलचित्र ‘लोफर’बाट करिअरमा डेब्यू गरेकी हुन् । हिन्दी चलचित्रमा भने दिशाले सन् २०१६ मा रिलिज भएको ‘एमएस धोनी’बाट करिअर सुरु गरेकी हुन् ।
दिशा पटानीको यो बर्ष मात्र चलचित्र ‘राधे’ रिलिज भएको थियो । यो चलचित्रमा उनको भूमिकालाई दर्शकले रुचाए । दिशाको बोल्ड अवतार पनि दर्शकको मनमा स्थान बनाएको छ ।
बलिउड नायक टाइगर श्राफसँग दिशाको प्रेम चर्चा चलिरहेको हुन्छ । केहि दिन अगाडि लकडाउनलाई छल्दै डेटमा जाँदा उजुरी परेका यीनीहरु आफ्नो प्रेम समबन्ध भने स्वकार्न तयार छैन्न