नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिनुभएको हो ।
बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले बताए । कांग्रेसले बैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।
आफूलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टी दाबी गर्ने काँग्रेसको आन्तरिक लोकतन्त्र भने भताभुङ्गजस्तै छ । संवैधानिक सङ्कट उन्मुख हुँदा पनि महाधिवेशन हुने नहुने टुंगो छैन । सबै विकल्प प्रयोग गरिसकेका सभापति शेरबहादुर देउवासँग अब आगामी भदौ १९ भित्र महाधिवेशन सम्पन्न गरिसक्नै पर्ने संवैधानिक र कानुनी बाध्यता छ । सोहीअनुसार १४औँ महाधिवेशन मिति ७–१० भदौ तोकिएको छ । तर, भदौमा पनि महाधिवेशन हुनेमा आशंका छ । त्यसका केही कारण छन् । पहिलो हो कोरोना महामारी । महामारीसँगै महाधिवेशन गर्न काँग्रेसमा कतिपय आन्तरिक कारण पनि बाधक बन्ने देखिन्छ ।
यसबारे थप समाचार तलको लिङ्कबाट