प्युठानमा पिकनिक जानेक्रममा एक सरकारी कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्बरको कार मल्लरानी गाउँपालिका–४ मल्लरानी नजिकै दुर्घटना हुँदा दाङ तुल्सीपुर उपमहानगरपालिका–४ का प्रकाश आचार्यको मृत्यु भएको हो।
खलंगाबाट मल्लरानीमा वनभोज खान सरकारी कर्मचारीहरूलाई ओसारपसार गर्दा कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
कार डकबाट चिप्लिएर ७० मिटर तल खसेर क्षतिग्रस्त भएको बताइएको छ।