कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलडाँडी गाउँपालिका २ स्थित दक्षिण बेलडाँडी बजारबाट सोही गाउँपालिकाको वडा नम्बर १ बस्ने २८ वर्षीय दीपक सिंह ठकुरी पक्ताउ परेको प्रहरीले बताएको छ।
उनलाई १ ग्राम ५३० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले बताए।
पछिल्लो समय लकडाउनले गर्दा अन्य रोजगारी नभएसँगै कैलाली कञ्चनपुरका युवायुवतीहरु लागूऔषध कारोबारमा लागेका छन् । खुला सिमानाका कारण यस प्रकारको कारोबार नियन्त्रण गर्न निकै चुनौती भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
यसबारेमा केटिएम दैनिकका सुदूरपश्चिम प्रतिनिधी पुस्कर पौडेलले तयार पारेको तलको रिपोर्ट पनि हेर्नुहोस् ।