वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
आज देशभर भेटिएका ३ हजार ७५० सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा रहेका सङ्क्रमितको संख्या १ हजार १४० रहेको छ । आज काठमाडौंमा ९२१, भक्तपुरमा ५६ र ललितपुरमा १३६ जनामा सङ्क्रमण भेटिएको हो ।
१६ हजारमा झर्यो उपत्यकाको सक्रिय सङ्क्रमित
काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या १९ हजारमा झरेको छ । शुक्रबार अपरान्हसम्म काठमाडौंमा १० हजार ५१, भक्तपुरमा २ हजार ९४६ र ललितपुरमा ३ हजार ९९४ गरी कूल १६ हजार ९९१ सक्रिय सङ्क्रमित रहेका छन् ।