बलिउड कलाकार अनुपम खेरलाई सामाजिक सञ्जालको लत नै लागेको छ । उनी सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्त्ति, फोटो र भिडियोहरु शेयर गरिरहेका नै हुन्छन् ।
उनी जसरी हुन्छ आफ्नो फ्यानहरुलाई आफुसँगै बाधिरहन चाहन्छन् । हालै मात्र उनले ट्विटरलाई मेन्सनगर्दै आफ्नो ८० हजार फलोवर्स घटेको बताएका छन् ।
उनले लेखेका छन्, ‘प्रिय ट्विटर र ट्विटर इन्डिया, बिगत ३६ घण्टामा मेरो ८० हजार फलोवर्स घटे, यो कुनै समस्या हो कि एप्लिकेशनमा आएको समस्या हो । यो मेरो गुनासो हैन अनुनय अनुरोध हो ।’
यो समस्या उनले मात्र भोगेका हैन्न । बलिउडका अभिनेता अमिताभ बच्चन र कंगना रनावतले पनि यही समस्या भोगेका थिए । बच्चनको दिनहुँ २० हजारको दरले फलोवर्स घटेका थिए भने कंगनाको १० हजारको दरले ।