वैशाख १६ गतेदेखि जारी रहेको लकडाउन फेरि थपिने भएको छ । काठमाडौं उपत्यकामा सङक्रमण घटेपनि जोखिम अझै उच्च रहेको भन्दै लकडाउन लम्बिन सक्ने बताइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ। बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने बारेमा छलफल भैरहेको बताइएको छ ।
अब हुने निषेधाज्ञा केही खुकुलो हुने बताइएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ ३१ गते सकिदैछ । अबको तीन दिनपछि यसअगाडी जारी गरेको निषेधाज्ञाको अवधि समाप्त हुदैछ । त्यसको पूर्वसन्ध्यामा छलफलहरू भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
‘मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिन्छ,’ पराजुलीले भने। निषेधाज्ञा लम्ब्याइएको साता कोरोना संक्रमणदर विश्लेषण गरिन्छ । ‘त्यसपछि निषेधाज्ञा के गर्ने भन्ने विषयमा आवश्यक निर्णय लिइन्छ,’ पराजुलीले भने।
जेठ ३१ सम्म जारी निषेधाज्ञापछि यसको मोडालिटीमा परिवर्तन ल्याइने सक्ने र सवारीसाधनमा जोरबिजोर लगाउन सकिने बताइएको थियो।
निषेधाज्ञाको समयमा काठमाडौंको सडक हेर्नुहोस भिडिओ