वितेको २४ घन्टामा नेपालमा ३ हजार ७४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
यही अवधिमा ४ हजार २९३ जना सङ्क्रमणमुक्त भएका छन् भने ४९ जनाले ज्यान गुमाएका छन् । आज ज्यान गुमाउनेको संख्यामा नेपाली सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवको सङ्ख्या समेत जोडिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशमभर ९ हजार ९०१ जनाको पिसिआर र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमश २ हजार ८७४ र ८७५ जनामा सङ्क्रमण देखिएको छ ।
योसहित अहिलेसम्म पिसिआरबाट ६ लाख १ हजार ६८७ र एन्टिजेनबाट १७ हजार ७१४ जनामा सङ्क्रमण देखिएको छ जसमध्ये ५ लाख १५ हजार ५९१ जना सङ्क्रमण मुक्त भएका छन् भने अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८ हजार २३८ जनाको ज्यान गएको छ ।