सप्तरीमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोनाबाट थप ३ संक्रमितको मृत्यु भएको हो ।
कञ्चनरूप नगरपालिका २ का ४६ वर्षीय पुरुष, ११ का ५८ वर्षीय पुरुष, सम्भुनाथ नगरपालिका ९ का ६५ वर्षीय पुरुषको मृत्यु भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
यससँगै सप्तरीमा कोरोनाको दोस्रो लहर (वैशाख ३ गतेपछि) मा संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको निमित्त प्रमुख यादवले बताए ।
अहिलेसम्म दोस्रो लहरमा सप्तरीमा कुल २ हजार ४९ जना संक्रमित भएका सप्तरीमा १ हजार २ सय ९६ जना निको भएका छन् । हाल ६४९ जना सक्रिय संक्रमित छन् ।