सुनसरीको कोसी गाउँपालिकाबाट ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । कोसी गाउँपालिका–८ भान्टाबारीबाट सोही स्थानका ४० वर्षीय शम्भु कबिरथ ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
बिहीबार उनलाई विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कार्कीका अनुसार उनलाई ४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
उनीमाथि जिल्ला प्रहरी कार्यालय सनुसरीबाट कानुनी कारबाही अगाडि बढाइएको डिएसपी कार्कीले जानकारी दिए ।